हिमाल दैनिक
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री सिंगापुरमा रहेका बेला भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक बस्दै नवसेको दाबी गरेका छन् । बिहिबार प्रतिनिधिसभा बैठकमा सभामुखसंग समय मागेर बोल्दै उनले भिडियो कन्फरेन्सबाट मन्त्रीहरुसंग सामान्य छलफलमात्र भएको बताएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहेका बेला ९ भदौमा भिडियो कन्फरेन्सबाट प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यहरुले छलफल गरेका थिए । त्यसअघि भदौ पहिलो सरकार मन्त्रिपरिषद् बैठक सञ्चालनसम्बन्धी काार्यविधि संशोधन गरेर भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक बस्न सक्ने व्यवस्था गरेको थियो । तर विपक्षी नेपाली कांग्रेसले यसमा प्रश्न उठाउदै आएको छ । सञ्चारमन्त्री बास्कोटाले कन्फरेन्सका क्रममा केहि वियषयमा प्रधानमन्त्रीले जानकारी लिएको र मन्त्री र कार्यवाहक प्रधानमन्त्रीलाई आवश्यक निर्देशन दिएकाे पनि स्पष्ट पारे । अमेरिका र रसियाका राष्ट्रपतिले जहाजमा उड्दाउड्दै भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठकहरु गर्ने भन्दै उहाले यसले सार्वभौमसत्तामा कुनै फरक नपर्ने बताए । बास्कोटाले मुलुकको सार्वभौमिकता र प्रधानमन्त्रीको देशभक्तिमाथि प्रश्न उठाउनु अनुचित र खेदजनक भएको बताए । उनले प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री पदसहित सिंगापुर गएको र आफ्नो नागरिकता अरु देशमा पनि नदिएको तर्क पनि गरे । https://twitter.com/i/status/1167024572996050944 https://youtu.be/Ey99y3USNc0
प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update