हिमाल दैनिक
‘मैथिली भाषा नेपालको सभ्यता र संस्कृति हो’: सांसद नेपाली
khemraj nepali
राष्ट्रियसभाको बैठकमा सांसद खेमराज नेपालीले मैथिली भाषा देशको एउटा भाषामात्र नभएर सभ्यता र संस्कृति भएको हुँदा नेपाल टेलिभिजनले दैनिक पाँच मिनेटको समाचार रोक्न लगाएकोप्रति ध्यानाकर्षण गराएका छन् । देशमा नेपाली भाषाबाहेक दोस्रो र तेस्रोभन्दा बढी बोलिने भाषा मैथिली र भोजपुरी भाषा भएको, दैनिक पाँच मिनेट र साप्ताहिकरुपमा एक घण्टाको कार्यक्रम प्रसारण भइरहेकाले अहिले बन्द गरिनु सङ्घीयताको खिलाप भएको उनको भनाइ थियो । सांसद नेपालीले भने, “मैथिली भाषाजस्तो एउटा प्रदेशमा मात्र सीमित छैन,। केन्द्रीय प्रसारणबाट आफ्नो भाषामा सुन्ने अवसर गुमेको छ, संसारबाट धेरै भाषा लोप हुँदै गएका छन्, नेपालको अन्य भाषालाई संरक्षण गर्न सरकारी मिडियामा प्राथमिकता दिनुपर्छ ।” प्रसारण भइरहेको भाषालाई हटाउनुका कारण दिन जानकारी गराउँदै उनले निर्णय फिर्ता लिन आग्रह गरे । सांसद रामपृत पासवानले सिटिइभिटीले छात्रवृत्तिको नजिता प्रकाशन गरेर दलितको कोटामा गैरदलित विद्यार्थीको नाम निकालिएकोप्रति सरकारको ध्यानाकर्षण गराए । बारामा मधेशका दलित, क्षेत्रीय र जातीयरुपमा पछाडि परेको र संविधानले दलितको अधिकार सुनिश्चित गराउँदा पनि दलित भए मधेशी नहुने अनि मधेशी भए दलित नहुनेजस्ता प्रावधान हटाउनुपर्नेमा उहाँको जोड थियो । सांसद कमलाकुमारी ओलीले सरकारले सन् २०२० लाई पर्यटन वर्ष मनाउन गरेको तयारीअनुसार ‘सुखी नेपाली र समृद्ध नेपाल’को अवधारणाअनुसार आगाडि बढाउनुपर्नेमा जोड दिईन । पर्यटनको विकास गर्दा पूर्वदेखि–पश्चिमसम्मका पर्यटकीय क्षेत्रको विकास गर्नुपर्ने र साहसिक पर्यटन, कृषि, जलयात्रा, धार्मिक तथा सांस्कृति पर्यटनलाई केन्द्रमा राखेर काम अघि बढाउनुपर्ने उनले सुझाव दिईन । उबले सुदूरपश्चिमको पर्यटनको सम्भावना बोकेको सैपाल, शुक्लाफाँटा, घोडाघोडी ताल, टीकापुर पार्क, कैलालीको चन्द्रमोलेश्वर मन्दिरलगायत स्थानलाई पर्यटन क्षेत्रका रुपमा दिगो विकासमा लाग्नुपर्ने सुझाव दिईन । सांसद जीतेन्द्रनारायण देवले नेपाल–भारत सम्बन्धमा अहिले पनि १९५० को सन्धिकै बारेमा छलफल अगाडि बढिरहेको हुँदा सरकारले स्पष्टरुपमा आफ्नो धारणा राख्नु जरुरी भएको बताए । उनले भने, “विसं २०४६ को जनआन्दोलनदेखि नै यो १९५० को सन्धिका बारेमा कुरा उठेको र अहिले पनि त्यही कुरामा अल्झिरहेको छ, सरकारले त्यसबारेमा बोल्नुपथ्र्यो, लामो समयदेखि नेपाल–भारत सम्बन्ध असन्तुलन पैदा हँुदै गएको छ, नेपाल–चीन सम्बन्ध राम्रो बनाउँदै जाने तर भारतसँगको सम्बन्ध असन्तुलन बनाउँदै लैजाने गर्न हँुदैन ।”
प्रकाशित मिति: मंगलबार, भदौ ३, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update