सांसद बद्रीप्रसाद ले बाजुराको गौरी गाउँमा तलको खोलामा बाढी गएर माथिबाट पनि पहिरो आएर गाउँनै पहिराको घेरामा परेकाप्रति सरकारको ध्यानाकर्षण गराए । राष्ट्रियसभाको बैठकमा पाण्डेले त्यहाँका बासिन्दा घरबारविहीन भएका बताए । दुई मानिसको मृत्यु भएको र बूढीगङ्गा थुनिएको अवस्थामा बाजुरा र अछाम जोखिममा पर्ने अवस्था रहेको उनले सुनाए।
सांसद पाण्डेले भने, “बर्खा लाग्दा सरकारले उद्धार र राहत वितरण गर्ने काम गर्ने तर सकिएपछि अवस्था सामान्य हुँदै जाने, अर्को वर्ष फेरि बर्खा लाग्छ डुबान हुन्छ, घरबारविहीन हुन्छ, तयारी केही पनि छैन, यस्तो अवस्थाका बारेमा सरकारको ध्यान जानुपर्छ ।” उनले पूर्वप्रधानमन्त्री सुशील कोइराला हुँदा विपद्सम्बन्धी गरिएको अध्ययन कार्यान्वयन गरी जोखिमपूर्ण बस्तीका बारेमा बेलैमा सोच्नुपर्नेमा जोड दिए।
प्रकाशित मिति: मंगलबार, भदौ ३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय