उद्योगमन्त्री मात्रिकाप्रसाद यादवले आफ्नो अनुपस्थीतिमा समितिले औद्योगिक व्यवसायसम्बन्धी विधेयकका केही दफा पारित गरेको भन्दै आपत्ती जनाएका छन् ।
सिंहदरबारमा बिहिबार बसेको प्रतिनिधिसभाको उद्योग तथा वणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उहाले आफु बैठकमा सहभागी नहुदा बिधेयकका केहि दफा पारित भएको भन्दै असन्तुष्टि पनि जनाउनुभयो लगत्तै समिति सभापति बिमल श्रीवास्तवले त्यसदिनको बैठकमा मन्त्री अनुपस्थित भए पनि मन्त्रालयका सचिवलगायत कर्मचारीलाई बोलाएर छलफल गरिएको बताएका थिए ।
झण्डै डेढ घन्टा चलेको बैठकमा एक अर्काबीच आरोप प्रत्यारोप चलेपछि बैठकमा कार्यसूचीमाथि छलफल नै हुन सकेन । बैठकमा औद्योगिक व्यवसाय विधेयक, २०७५ माथि अन्तिम छलफल गरी पारित गर्ने कार्यसूची राखिएको थियो ।
मन्त्री र सभापतिको गुनासो सुनेका समितिका सदस्य पनि मन्त्री र सभापतिलाई सम्झाउन नै व्यस्त देखिन्थे । बैठकमा समितिका सदस्य देवेन्द्र पौडेलले कुनै पनि विवाद नगरी आसपसी विश्वासका आधारमा अगाडि बढ्नुपर्ने बताएका थिए । समिति सदस्य बिन्दा पाण्डेले समितिबाट विधेयकले अन्तिम रुप नपाएसम्म जुनसुकै दफामाथि पुनः छलफल गर्न सकिने बाटो खुला रहेको बताईन । विधेयकलाई अन्तिम रुप दिन भन्दै यही भदौ २ गते पनि बैठक राखिएको थियो । उद्योगमन्त्री यादव उपत्यका बाहिर रहेकाले सो दिन बैठक स्थगित भएको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय