हिमाल दैनिक
सचिवकाे सरूवाबारे कांग्रेसको प्रश्नः प्रधानमन्त्री, मन्त्री र सचिवबीचको कार्यसम्पादन सम्झौता मजाक हाे?
radhe shyam
सरकारले विभिन्नि तहमा एक वर्षका लागि गरेको कार्यसम्पादन सम्झौताको एक महिना नपुग्दै सचिवहरुको सरुवा गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसबारे सदनमा प्रश्न उठाएको छ। राष्ट्रिय सभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद राधेश्याम अधिकारीले सरकारले प्रशासन यन्त्रमा पनि अस्थिरता निम्त्याएको भन्दै सरकारको जवाफ मागे। उनले भने, 'एकमहिना अगाडि एक वषर्का लागि प्रधानमन्ँत्रीले मन्त्रीहरुसँग र मन्त्रीहरुले सचिवहरुसँग कार्यसम्पादन सम्झौता गरेको मसी पनि सुक्न पनि पाएको छैन। एक महिना नपुग्दै १६ जना सचिवहरुको यसैबीच सरुवा भएको खबर आएको छ। यसले एउटा प्रश्न उठेको छ, एक वर्षमा गर्नु पर्ने काम त्यी सचिवहरुले एक महिनामै सम्पन्न गरेका हुन् कि? वा तिनले एकमहिनाभित्रै आफू असक्षम भएको प्रमाणित गरे? वा सम्बन्धित मन्त्रीको रोजाइमा त्यी परेनन्? वा कार्यसम्पादन सम्झौता आफैँमा एउटा मजाक थियो? प्रशासन यन्त्र जसलाई स्थायी सरकार पनि भन्ने गरिन्छ त्यसलाई यसरी नै अस्थिर बनाउँदै जाने हो भने सरकारले ल्याएको नीति र कार्यक्रम, बजेट कार्यान्वयन लगायतका काम कुरामा नकारात्मक असर पर्छ वा पर्दैन? यसको जवाफ सरकारबाट पाउने अपेक्षा गर्दछु।’ सरकारले हालै १६ जना सचिवहरुको सरुवा गरेको थियो। https://twitter.com/i/status/1164418352162336768
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update