हिमाल दैनिक
प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले विज्ञापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पास गरेको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले विधेयकमाथी दफावार छलफल सम्पन्न गर्दै सर्व सम्मतिले पास गरेर संसदमा पठाउने निर्णय गरेको हो । संसदबाट विधेयक पास भएको मितिले एक वर्षपछिदेखि नेपालमा क्लिन फिड लागु हुनेछ । एक वर्षभित्र सबै केबल टेलिभिजन अपरेटरहरुले नेपालमा उपलब्ध गराउने विदेशी च्यानलहरुलाई विज्ञापन रहित(क्लिन फिड) बनाउनुपर्नेछ । त्यस्तै, विधेयक पास भएपछि बिजुलीका तार पोलहरुमा होर्डिङ बोर्ड राख्न पाइनेछैन् ।समितिले विज्ञापन विधेयक पास गरेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले नेपालको विज्ञापन जगतमा क्रान्ति भएको बताए । समिति सभापति कल्याणी खड्काले विज्ञापन विधेयक पास गरेर पठाएपछि नेपालको विज्ञापन क्षेत्र आधुनिक र मर्यादित हुने बताए। भिडियो हेर्नुहोस https://youtu.be/bMVVb65AMBw
प्रकाशित मिति: आइतबार, भदौ १, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update