हिमाल दैनिक
रवि लामिछानेका समर्थकहरु शक्ति केन्द्र र डलरको आडमा प्रदर्शन गरिरहेका छन्ः नेकपा सांसद विक
nekapa samsaad bk
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद खिमकुमार विकले शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा प्रहरी अनुसन्धानमा रहेका रवि लामिछानेका समर्थकहरु कुन शक्ति केन्द्र र विदेशी डलरको आडमा सडकमा प्रदर्शन गरिरहेका छन् भनि प्रश्न गरेका छन्। राष्ट्रिय सभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै नेकपा सांसद विकले दिनहुँ जसो रवि लामिछानेको समर्थनमा उत्रिएको भिडले कुन शक्ति केन्द्रको आड र विदेशी डलरको आडमा प्रधानमन्त्रीको पुत्ला जलाउने र गृहमन्त्रीको राजीनामा माग्ने काम गरिहरका छन् भनि प्रश्न गरेका हुन्। https://www.facebook.com/himaldainik/videos/768268460309899/ उनले मंगलबार लामिछानेको समर्थनमा थापाथली माइतीघरमा जम्मा भएको भिडमा रहेका केही युवाले वियरको बोतलमा प्रज्वलित पदार्थ (सायद पेट्रोलियम पदार्थ) हुन सक्छ भरेको आफैँले देखेपछि प्रहरीलाई जानकारी गराएपछि थप दुर्घटना नभएको दाबी पनि गरे। उनले भने, ‘रवि लामिछानेको विषयमा दिनहुँ जुलुस र प्रदर्शन भइरहेको छ। राज्यले आवश्यक ठानेमा जो कोहीलाई पनि नियन्त्रणमा लिएर छानविन गर्न पाउँछ। तर हिँजो माइतीघरमा जम्मा भएको भिडमा वियरका वोतलमा प्रज्वालित पदार्थ भरेर चार वटा वोतलमा भरे। उनीहरुले गरेको गतिविधिबारे प्रहरीलाई जानकारी गराएपछि थप घटना भएन।’
प्रकाशित मिति: आइतबार, भदौ १, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update