हिमाल दैनिक
सुवालको प्रश्नः प्रम ओलीलाई सिंगापुर पठाइरहनु भन्दा केही उपकरण र डाक्टर यहिँ ल्याएर उपचार गरे कसो होला मन्त्रीज्यू?
premsuwal
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचारका लागि पटक पटक सिंगापुर जाने स्थितिको अन्त्यका लागि नेमकिपाका सांसद प्रेम सुवालले स्वदेशभित्रै उपकरण खरिद गरी सिंगापुरका डाक्टर नेपालमै बोलाउँन सुझाव दिएका छन्। संसदीय नियमावली बमोजिम सांसदहरुको मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका क्रममा मंगलबार उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग सांसद सुवालले यस्तो सुझाव दिएका हुन्। https://www.facebook.com/himaldainik/videos/487206865415247/ सुवालले भने, ‘भर्खरै प्रधानमन्त्री केपी ओली सिंगापुरमा स्वास्थ्य उपचार गरी फर्किनु भयोे। फेरि भोेलि स्वास्थ्य उपचारका लागि सिंगापुर नै जानु पर्ने भयो। के प्रधानमन्त्रीज्यूको स्वास्थ्य उपचार गर्ने क्षमता भएको अस्पताल नेपालमा छैन र? केही रुपैयाँको स्वास्थ्य उपकरण खरिद गरिए प्रधानमन्त्री ओली लगायत सर्वसाधारणको नेपालमै उपचार गर्न मिल्ने डाक्टरहरुको मत छ। नेपालसँग उपकरण भएको भए सिंगापुरका डाक्टरलाई केही समय नेपालमै राखेर प्रधानमन्त्री ओलीको उपचार गर्न गराउन सकिने पनि मत छ। यसबारे स्वास्थ्यमन्त्रीज्यूको मत के छ होला?’ सांसद सुवालको प्रश्नको जवाफमा मन्त्री यादवले प्रधानमन्त्रीको उपचारका लागि यहाँका डाक्टरहरुले नै बाहिर उपचार गराउँदा उचित हुन्छ भनि दिएको सुझाव बमोजिम प्रधानमन्त्री ओली सिंगापुर जान लागेको जवाफ दिए।
प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update