हिमाल दैनिक
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद विरोध खतिवडाले काठमाडौंको बजारमा पाइने बफ मम र छोइला बनाउन तस्करीबाट आएका भैँसी र राँगाको सिगान राज्यले पुछ्न नसकेको भन्दै विरोध गरेका छन्। प्रतिनिधि सभाको मंगलबारको शून्य समयमा बोल्दै खतिवडाले भने, ‘गत चैत भन्दा अघि वीरगञ्ज नाकाबाट प्रत्येक महिना १० हजार भैँसी र राँगा आउँथे र प्रतिगोटा ८ सय ५६ रुपैयाँ राजस्व आउँथ्यो। तर, चैतबाट एउटा पनि पशु आएको छैन र पनि काठमाडौंमा ममचा, छोइलाको अभाव छैन।’ https://www.facebook.com/himaldainik/videos/2564186823602786/?t=2   पहिले पहिले नाकामा पशु क्यारेन्टाइनलले भैँसी र राँगाको कम्तिमा सिगाँन पुछेर पठाउँथ्यो तर अहिले त्यो गरिएको छैन भन्दै यसका बाबजूद पनि बजारमा अभाव नहुनु भनेको चोरीको बाटोबाट आयात भइरहेको उनले बताए। ‘पुशको स्वास्थ्य जाँच गरिएको छैन। यो लाहप्रवाही के हो सम्बन्धित निकायको ध्यानाकर्षर्ण गर्र्छु,’ खतिवडाले भने। साथै उनले हालै आएको अविरल वर्षबाट उत्पन्न बाढी, पहिरो र डुबान समस्याबारे राज्य व्यवस्था समितिले स्थलगत भ्रमणपछि तयार पारेको प्रतिवेदनमा मकवानपुर लगायतका प्रभावित जिल्ला छाडेर १०÷१२ वटा जिल्लाको प्रतिवेदन पूर्ण प्रतिवेदन मान्न नसकिने भन्दै त्यसको पुर्नलेखनको माग गरे।
प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update