प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नोे नेतृत्वको सरकार आगामी चुनावपछि परिवर्तन हुने स्पष्ट सन्देश दिएका छन्।
प्रतिनिधि सभाको बैठकमा जरुरी सार्वजनिक महत्वको वक्तव्य दिँदै प्रधानमन्त्रीले ओलीले भने दुनियामा पद नगएको कोही देखेको छैन र राजा, महाराजा र निर्वाचित जनप्रतिनिधिका सरकारको पद गएको छ। यो सरकारको पद पनि जान्छ तर, निर्वाचन पछि। उनले उक्त निर्वाचनसम्म धैर्य गर्न सुझाव दिए।
सरकारको आलोचनाका नाममा व्यवस्था नै उल्टाउछु भन्ने कुनै पनि कुरा यो सरकारलाई सह्यै नहुने बताए।
सरकारको उदारताको फाइदा लिएर त्यस्ता तत्वहरु नहौसिन चेतावनी दिए।
सडकमा आएका केही परिवर्तन विरोधीले यो सरकार भाग्छ भन्ने सपना नदेख्न पनि चेतावनी दिए।
जुन शक्ति जिउँदै हुँदा त्यसलाई ठेगान लगाएका छौँ त्यहि चिहानको हड्डी फुकेर विउँताउने कुरा नगरे हुन्छ, उनले भने।
संविधान, गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि आवश्यक पर्दा मैदानमा उत्रने बताए।
https://www.facebook.com/himaldainik/videos/513083769443432/
प्रकाशित मिति: बिहीबार, साउन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय