हिमाल दैनिक
प्रतिनिधिसभाले प्रशासकीय अदालत विधेयक–२०७६ लाई सर्वसम्मतिले पारित गरेको छ । यसअघि बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘प्रशासकीय अदालत विधेयक, २०७६ लाई पारित गरियोस’ भनी सदनमा प्रस्ताव प्रस्तुत गरेका थिए। बैठकमा ‘कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको प्रशासकीय अदालत विधेयक, २०७६ माथि छलफल गरियोस्’ भन्ने प्रस्तावलाई सभाले सर्वसम्मतरुपमा स्वीकार गरेको थियो । बैठकमा मन्त्री ढकालले प्रस्तुत गर्नुभएको ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सभाले सर्वसम्मत स्वीकृत गरेको थियो । बैठकमा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयकसम्बन्धी प्रतिवेदन, २०७६’ पेश गर्नुभयो । अर्काे बैठक आगामी भदौ १ गते आइतबार बिहान ११ः०० बजे बस्ने छ । रासस
प्रकाशित मिति: शनिबार, साउन २५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update