हिमाल दैनिक
नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले निरंकुश पञ्चायत कालमा दरबारका श्रीपेचधारी पहुँचवालाले जस्तै अहिले सिंहदरबारका विना श्रीपेचधारीहरुको आडमा कञ्चनपुरकी निर्मला पन्तका अपराधीहरुलाई बचाउने काम भएको आरोप लगाएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहेका कँडेलले गृहमन्त्री रामबहादुर थापाले साउन ७ गते बलत्कारका घटना हिँजो पनि भएको, आज पनि छ र भोली पनि केही समयसम्म रहिरहन्छ भन्ने अभिव्यक्ति फिर्ता लिन पनि माग गरे। उनले २०३८ साल जेठ २४ गते नमिता, सुमिता राजभण्डारी दुई दिदिबहिनी र निरा पराजुली पोखरा डुल्न गएको अवस्थामा विभिन्न विश्वासमा परि पोखरा बजारमा रहेको व्यारेकमा पुगेको बताए। उनीहरुलाई त्यहि बलत्कार गरी अर्धनग्न अवस्थामा फरक फरक ठाउँमा सेती नदीमा भेटियो बताउँदै उक्त घटनाका एकमात्र साक्षी प्रहरीको सम्पर्कमा आएपनि उनको पनि गोली हाने हत्या भएको स्मरण उनले गरे। तत्कालिन राजा वीरेन्द्रको वंशनाशपछि ज्ञानेन्द्रको गद्धी आरोहणपछि उक्त बलत्कार र हत्याको मुद्दा दश दिनमा नै रोकिएको बताउँदै कँडेलले भने, ‘आज २०७५ साउन १० गते जसरी नमिता, सुमिताको वेपत्ता र हत्या भएको थियो त्यस्तै निर्मला पन्तको वेपत्ता भएको घर रोशनी र बबिता बमको घर हो। निमिता, सुमिता र निरा पराजुली बलत्कारपछि सेती नदीमा शब भेटिएको थियो भने निर्मला पन्तको बलत्कारपछि विभत्स हत्या गरी अर्धनग्न अवस्थामा उखुवारीमा फेला परेको थियो।’ https://www.facebook.com/himaldainik/videos/424043418210427/ नमिता, सुमिता र निराको घटनामा साक्षी बनपाले चुडामणी अधिकारीको पनि गोली हानी हत्या गरेर मृतवअस्थामा फेला परेका बताउँदै उनले भने, ‘निर्मला पन्तको सम्पूर्ण प्रमाण प्रहरीबाट नै नष्ट गरी मानसिक विचलनमा रहेका दिलीपसिंह विष्टलाई अपराधी ठहर गर्ने प्रयास गरियो।’ ‘पोखराको घटनामा दरबारको पहुँचवालाको पहुँच भएको थियो भने कञ्चनपुरको घटनामा तत्कालिन एसपी र राजनीतिक पहुँचवालाको पहुँच थियो। हिँजो श्रीपेचको आडमा पहुँच भएको पोखरामा बलत्कार र हत्या गरियो भने आज विना श्रीपेचका सिंहदरबारका जनप्रतिनिधिबाट त्यो घटना घटेको मैले महसुस गरेको छु,’ कँडेलले भने। उनले सिंहदरबारका जनप्रतिनिधिहरु भनेपछि सत्तारुढ नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीले आपत्ति प्रकट गरेकी थिइन्। त्यसका बाबजूद कँडेलले आफ्नो भनाई निरन्तर कायम राख्दै भने, ‘मेरो गृहमन्त्रीसँग प्रश्न छ, श्रावण ७ गते गृहमन्त्रीजीले सार्वजनिक रुपमा बोलेको बोली निर्मला पन्तको घटना प्रकरणबारे यसभन्दा पहिले पनि थियो र आज पनि छ र भोली पनि केही समय रहिरहन्छ। यदि गृहमन्त्रीको यहि ठहर हो भने के तपाई गृहमन्त्रीको घर परिवारमा चेलीवेटीमाथि निर्मला पन्तको जस्तै घटना भएको भए तपाइको अभिव्यक्ति यहि हुने थियो? सार्वजनिक रुपमा दिएको यो अभिव्यक्तिलाई उहाँले फिर्ता लिनु पर्छ। जुन किसिमले पञ्चायतीकालमा जसरी दरबारको आडमा भयो भने जुन घटनाहरु भइरहेको छ र निर्मलाका अपराधी अहिलेसम्म पत्ता लागेको छैन। गृहमन्त्रीको यो बोलीले नेपालीको शिर निहुरिएको छ। निर्मलाको विषय हिँजो पनि थियो, आज पनि छ र भोलि पनि रहन्छ मिल्छ? यदि त्यो हो भने गृहमन्त्रीले भन्नु पथ्र्योे, हिँजो जे भयो भयो, आजदेखि म यस्ता घटना घट्न दिन्न भन्ने प्रतिबद्धता आउनु पथ्र्यो।’
प्रकाशित मिति: शनिबार, साउन २५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update