हिमाल दैनिक
सबै समस्याको समाधान वार्ता र सहमतिबाट गर्न सत्तापक्ष प्रतिबद्ध छः देव गुरुङ
devgurung
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मुख्य सचेतक देवप्रसाद गुरुङले सर्लाही घटनाको विषय र लाल आयोगको विषयलाई लिएर २६ दिनदेखि ५ वटा बैठक गतिरोध भएकोमा सभामुखको पहलले निकास पाएको बताए। गुरुङले सभामुख कृष्णबहादुर महरा र सत्ता र प्रमुख प्रतिपक्षी दलका नेताहरुबीच भएको अथक प्रयासको कारण कुनै पनि समस्याको समाधानका लागि सार्थक वार्ता र सहमतिकै माध्यमबाट निकास खोज्ने कार्यमा संविधान, नियम, र स्थापित परम्परा अनुरुप विशेष समिति बनाउने विषयमा सहमति भएको बताए। उक्त समितिले सत्ता वा प्रतिपक्षबाट सदनमा उठाएका विषयहरुमा दिएको सुझावका आधारमा सदनको प्रभावकारीता बढाउने कार्यमा बल पुगेको भन्दै आजको सहमतिलाई सत्तारुढ दलले स्वागत गरेको बताए। छानविन समितिको विषयमा असार पाँच गतेको सर्लाही घटनाको विषयमा मानव अधिकार आयोगले ६ गतेदेखि नै छानविन गरिराखेको कारण त्यो रिपोर्ट आउने समयसम्म कुरौँ भनेको दाबी गरे। असार दोस्रो साता सर्लाहीमा भएको घटनाको विषयमा स्थानीय तहमा नै दलहरुबीच सहमति भइसकेको भन्दै त्यहि सहमतिको कार्यान्वयनको गति हेर्न छानविन समिति गठन गर्ने कुरामा सहमति नभएकोे जानकारी दिए। राजपा नेपालको माग अनुसार, गिरिशचन्द्र लाल आयोेगको प्रतिवेदन सार्वजनिक गर्ने विषयमा सरकारले अध्ययन गरिरहेको र उपयुक्त समयमा सार्वजनिक गर्ने आश्वासन आएको बताउँदै यी विषयलाई लिएर सदन अवरुद्ध गरेमा यसले सिष्टम नै विफल भएकोे सन्देश जान सक्नेतर्फ सबै गम्भीर हुन आग्रह गरे। कुनै पनि समस्या उत्पन्न हुँदा सम्वाद र सहमतिकैे माध्यमबाट समाधान खोज्न सत्तापक्ष प्रतिबद्ध भएको बताए।
प्रकाशित मिति: शुक्रबार, साउन १७, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update