हिमाल दैनिक
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनलाई जनसरोकारको पक्षमा प्रभावकारी बनाउन सभामुखले नेतृत्वदायी र प्रभावकारी भूमिका खेल्न आग्रह गरेको छ। सोमबार बसेको प्रतिनिधि सभा बैठकको सुरुमा विशेष समय लिएर कांग्रेस सचेतक पुष्पा भुषालले सभामुखको भूमिका सदनलाई जनताको पक्षमा लोकतन्त्रको प्रत्याभूति र राज्यलाई जनउत्तरदायी र पारदर्शी बनाउने विषयमा विशेष भूमिकाको अपेक्षा गरेको बताइन्। जनसरोकारका विषयमा सदनभित्र आवाज उठ्नु पर्छ र सदन प्रभावकारी बनाउने कुरामा सभामुखले भूमिका खेल्ने कुरामा विश्वस्त छ। कांग्रेसले कुनै पनि हत्या, हिंसाको पक्षमा विश्वास हिँजो पनि नगरेको र आज पनि त्यहि रहेको बताउँदै सबै समस्याको शान्तिपूर्ण माध्यमबाटै निकाल्नु पर्ने विश्वास गरेको बताइन्। सर्लाहीका तीन घटनालाई मानव अधिकार र जनसरोकारका विषय बनाएर यसबारे सदनमा आवाज उठाउने कोशिश गरी राज्यको ध्यानाकर्षण गराउन चाहेको छ। सदन अबरोध गर्न विपक्षी दलले नचाहेको बरु यसलाई थप प्रभावकारी बनाएर लोकतन्त्र र संविधानलाई अझ प्रभावकारी बनाउँदै राज्यलाई जिम्मेवार बनाउन चाहेको बताइन्। उनले कांग्रेसले उठाएका विषयवस्तुहरुको कारण सदन अबरुद्ध भएको बताउँदै उनले सदन अवरोध हुनु उसको चाहना नभई बाध्यताको उपज भएको पनि बताइन्। सदनमा उठेका विषयवस्तुहरुलाई संसदबाटनै सम्बोधन गर्ने र जनताले लोकतन्त्रको अनुभूति गर्न सभामुखको प्रभावकारी भूमिकाको अपेक्षा गरी सहमति र सम्वादको अपेक्षा गरेको बताइन्। यसअघि सभामुख महराको पहलमा सर्वदलीय बैठकमा सहमति कायम पश्चात सदनको बैठक सुचारु गर्न दलहरु सहमत भएका थिए। त्यसैगरी राजपा नेपालका सांसद राजकिशोर यादवले सभामुख महराको भूमिकाप्रति धन्यवाद दिँदै सदनमार्फत सरकार र राज्यलाई जनउत्तरदायी बनाउन आग्रह गरे।
प्रकाशित मिति: शुक्रबार, साउन १७, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update