हिमाल दैनिक
सदनको गतिरोध आजदेखि अन्त्य हुँदै, संसदीय विशेष समिति गठनको सहमति
67695875_451878428992194_6528327084211699712_n
प्रतिनिधि सभाको जारी गतिरोध अन्त्यका लागि सत्ता र प्रतिपक्षी दलबीच सहमति जुटेको छ। सभामुख कृष्णबहादुर महराले सोमबार डाकेको सर्वदलीय बैठकले संसदको गतिरोध अन्त्य गर्दै सदनलाई प्रभावकारी बनाउने सहमति निकालेको सभामुखका प्रेस सहयोगी डिल्ली मल्लले जानकारी दिए। आगामी दिनमा सदनमा गतिरोध उत्पन्न नहोस भन्ने उद्देश्यले संविधान, संसदीय नियमावली र स्थापित परम्परा अनुसार आवश्यक अध्ययन गरी सुझाव दिन सात सदस्यीय विशेष समिति गठन गर्ने सहमति बनेको पनि मल्लले जानकारी दिएका छन्। समितिका सदस्यहरुको नाम सभामुख महराले आजै बस्ने बैठकमा बाचन गरी सुनाउने तयारी भइरहेको छ। सर्लाहीमा असार पहिलो साता नेकपा माओवादी विप्लव समूहका कुमार पौडेलको प्रहरी भिडन्तमा मारिएको भन्ने सरकारी दाबीप्रति असहमति जनाउँदै कांग्रेस र राजपाले संसदीय छानविन समिति गठनको माग गर्दै विगत तीन सातादेखि सदन अबरुद्ध पार्दै आएका थिए।
प्रकाशित मिति: शुक्रबार, साउन १७, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update