हिमाल दैनिक
सभामुखको पहलमा सर्वदलीय बैठक बानेश्वरमा, सदनको अवरोध हटाउने प्रयास जारी
fian-01
संसदको अवरोध हटाउन सभामुख कृष्णबहादुर महराले अहिले सर्वदलीय बैठक राखेका छन्। विगत केही दिनदेखि विपक्षी दलहरु नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले सर्लाही घटनाको विषयमा संसदीय छानविन समिति गठनको माग गर्दै सदनको कारबाही अबरुद्ध पार्दै आएका छन्। सोमबार ११ बजेका लागि डाकिएको प्रतिनिधि सभा बैठक सभामुख महराले सहमतिको प्रयास जारी राख्न अपरान्ह १२ बजेका लागि तय गरेका थिए। तर, सहमति हुन नसकेपछि फेरि १ बजेका लागि बैठक सार्दै अहिले सर्वदलीय बैठक संसद भवन नयाँ वानेश्वरमा राखेका छन्। विपक्षी दलले सभामुखको रुलिङ र सरकारका गृहमन्त्री रामबहादुर थापा समेत संसदीय छानविन समिति गठनमा सहमत भइसकेको अवस्थामा सत्तारुढ नेकपाले समिति गठन गर्न नमानेको भन्दै सदनको कारबाही खुलाउन तयार भइरहेका छैनन्। असारको पहिलो साता सर्लाहीको एक घटनामा नेत्रविक्रम चन्द माओवादीका कार्यकर्ता कुमार पौडेलको प्रहरी भिडन्तमा मारिएको भन्ने विवरणप्रति आपत्ति जनाउँदै विपक्षी दलले छानविन समितिको माग गर्दै आएको छ। तर, सत्तारुढ नेकपाका नेताहरुले भने उक्त विषयबारे संसदीय समिति मातहतको राज्य व्यवस्था तथा सुशासन समितिबाट गर्ने गरी अवरोध हटाउन जोड दिँदै संसदभित्रको समिति आवश्यक नभएको दाबी गरिरहेका छन्।
प्रकाशित मिति: शुक्रबार, साउन १७, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update