हिमाल दैनिक
नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी विधेयकको प्रतिवेदन पारित
rajybewasthasamitii
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी विधेयकको प्रतिवेदन पारित गरेको छ । सिंहदबाारमा आइतबार बसेको समिति बैठकले प्रदेश प्रहरी प्रमुखको पदको नाम राख्ने अधिकार संघीय सरकारलाई दिँदै नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन सुपवरीवेक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन पारित गरेको हो । समिति बैठकमा प्रदेश प्रहरी प्रमुखको पदको नाम के राख्ने भन्ने विषयमा छलफल भए पनि टुंगो लाग्न सकेको थिएन । प्रदेश प्रहरी प्रमुख नै राख्ने वा के गर्ने भन्ने विषयमा सरकारले स्पष्ट जवाफ नदिएकाले यो जिम्मा केन्द्र सरकारलाई नै छाड्दै विधेयकमाथिको छलफल टुंग्याएको समिति सभापति शशि श्रेष्ठले जानकारी दिईन ।
प्रकाशित मिति: बिहीबार, साउन १६, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update