हिमाल दैनिक
विपक्षी र सत्तारूढ दलको आ-आफ्नो अडान, सर्वदलिय बैठक निष्कर्ष बिहिन
sarbadaliye baithak
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी दल राजपा नेपालले संसदमा गरेको अवरोधका कारण उत्पन्न गतिरोध हटाउन बिहिबार बसेको सर्वदलिय बैठक निष्कर्ष बिहिन भएको छ । संसद भवन नयाँ बानेश्वरमा बिहिबार बसेको बैठकमा दलहरु आफ्नै अडानमा कायम रहेपछि बैठक निष्कर्षबिहिन बनेको हो । सभामुख कृष्णबहादुर महराको आह्वानमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बसेको थियो । कांग्रेस र राजपाले नेत्रविक्रम चन्द नेतृत्वको समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको ‘इन्काउन्टर’सम्बन्धी घटना छानबिनका लागि संसदीय समिति बनाउन माग गरिरहेका छन् ।
 सूचना टाँस गरि प्रतिनिधि सभाको बैठक स्थगीत
सत्तारुढ दल नेकपाले भने राज्य व्यवस्था समितिमार्फत् नै यो विषयको टुंगो लगाउनुपर्ने भन्दै संसदीय समिति बनाउन अस्वीकार गर्दै आएको छ । बैठकपछि नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सोमबारसम्म पर्याप्त छलफल भएर निचोड निकाल्ने सहमतिसहित बैठक स्थगीत गरिएको बताए। नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले सत्तापक्षले संसदीय समिति गठन गर्न नमानेकाले समस्या आएको बताए । समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष बाबुराम भट्टराईले लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्ने अडान राखे । उनले यसबीचमा सहमति जुट्ने विश्वास व्यक्त गरे । राजपा र काग्रेसको अवरुद्धका कारण यसअघिको प्रतिनिधिसभा बैठक पटक पटक स्थगीत हुदै आएको छ ।
प्रकाशित मिति: सोमबार, साउन १३, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update