प्रतिनिधि सभाको बैठक सूचना टाँस गरि स्थगीत गरिएको छ ।
बिहीबार २ बजेका लागी बोलाईको बैठक दलहरुबीच सहमति जुट्न नसक्दा सूचना टाँसेर स्थागित गरिएको हो । बैठक अगामी सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले संसदीय छानबिन समिति बनाउनुपर्ने दलीय अडानका कारण प्रतिनिधिसभा लगातार अवरुद्ध छ । विपक्षी र सत्तारूढ दल अडानमा लचिलो नहुँदा समस्याको गाँठो फुक्न सकेको छैन ।
सर्लाहीमा असार १५ मा अवरुद्ध राजमार्ग खुलाउने क्रममा प्रहरीले चलाएको गोली लागेर ईश्वर नगरपालिका–१३ का २८ वर्षीय सरोजनारायण सिंहको मृत्यु भएको र त्यसको १० दिनअगाडि चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेल प्रहरीको कारबाहीमा मारिएको घटनालाई लिएर कांग्रेस र राजपाले संसदीय छानबिन समिति गठन गर्नका लागि माग गर्दै आएका छन् ।
संसद सुचारु गर्नका लागि दलहरुबीच आन्तरिक छलफल जारी रहेकाले बैठक बस्न नसकेको संसद सचिवालयले सूचना टाँसेर जानकारी दिएको छ ।
प्रकाशित मिति: सोमबार, साउन १३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय