हिमाल दैनिक
सदनमा अदालतमा बिचाराधिन मुद्धा र सभामुखकै विरुद्ध नारावाजी
प्रतिनिधि सभा बैठक
विपक्षीले अवरोध कायमै राखेपछि प्रतिनिधिसभा बैठक आज पनि स्थगित भएको छ । सर्लाही गोलीकाण्डसहित विभिन्न घटनाबारे संसदीय छानबिन समिति बनाउन माग गर्दै प्रमुख विपक्षी कांग्रेस र राजपाले सदनमा अवरोध जारी राखेका थिए । सभामुख कृष्णबहादुर महराले बैठक शुरु गर्नासाथ दुवै दलका सांसदहरु उठेर विरोध जनाएका थिए। सांसदहरुले विरोध गरिरहेकै बेला उनले बैठकको कारवाही अघि बढाउन खोजेपछि दुवै दलका सांसदले वेल घेराउ गरेका थिए । प्रतिपक्षी सांसदहरुले संसदीय सर्वोच्चता कामय गर, मानवअधिकार हनन गर्न पाईदैन, लाल आयोगको प्रतिवेदन सार्वजनि गर, निर्मलाको हत्यारालाई कारवाही गर भन्दै रोष्टम अगाडि नाराबाजी गरे । त्यस्तै अदालतमा बिचाराधिन केहि मुद्धा र सभामुखको विरुद्धमा पनि नारावाजी गरेपछि सभामुख महराले अदालतमा विचाराधिन मुद्धामा नवोल्न ध्यानाकर्षण गराएका थिए । बसेर संसद्को कारवाही अघि बढाउन सभामुख महराले पटकपटक अनुरोध गरे पनि प्रतिपक्षीको अवरोधसँगै नाराबाजी जारी रहेपछि सभामुख कृष्णबहादुर महराले भोलि दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे ।
प्रकाशित मिति: आइतबार, साउन १२, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update