https://www.facebook.com/himaldainik/videos/1293986550808433/
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले प्रतिनिधि सभाको बैैठक अबरुद्ध गरेका छन्।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा असारको पहिलो र दोस्रो साता सर्लाहीमा भएको व्यक्ति हत्यको विषयमा संसदीय छानविन समिति गठनको माग गर्दै कांग्रेस र राजपाले सदनको नियमित कारबाही अबरुद्ध पारेका हुन्।
अपरान्ह १ः१५ बजे सभामुख कृष्णबहादुर महराले सदनको कारबाही सुरु गर्नासाथ कांग्रेस र राजपाका सांसदहरु उभिएर विरोध जनाए।
त्यसपछि सभामुख महराले उनीहरुलाई बसेर सदनको कारबाही अघि बढाउन सहयोग गर्न आग्रह गरे।
त्यसको बाबजूद पनि विपक्षी दलका सदस्यहरु उभिइरहेपछि उनले नियमित कारबाही अघि बढाउने जनाउँदै सून्य समय सुरु भएको जनाउ दिए। तर, विपक्षी दलका सांसदहरुले त्यसपछि संसदीय सर्वोच्चता कायम गर, सर्लाही घटनाको छानविन गर्न संसदीय समिति गठन गर लगाएतका नारा लगाउँदै वेल घेराउ गरे। त्यसैगरी राजपाले मधेस आयाेगकाे प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरिरहेका छन्।
असारका पहिलो साता नेकपा माओवादी विप्लव समूहका कुमार पौडेलको प्रहरी भिडन्तमा भएको हत्या तथा दोस्रो साता इश्वरपुरमा एक बालकको खाडलमा डुबेर भएको मृत्युपछि विरोधमा उत्रिएका एक स्थानीय युवकको हत्याबारे छानविन समिति गठनकोे माग गर्दै आएको छ।
त्यसपछि सभामुख महराले केही दिनदेखि सदन निरन्तर अवरोध हुँदै आएकोले जनताका भावना सदनमा उठ्न नसकेको भन्दै सदनमा छलफलको वातावरण बनाउन आग्रह गरे। तर, विपक्षी दलका सांसदहरूले नारावाजी गरिरहेका छन् भने सभामुख रमिते भएर हेरिरहेका छन्।
प्रकाशित मिति: शुक्रबार, साउन १०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय