हिमाल दैनिक
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विज्ञापन क्षेत्रमा ‘क्लिन फिड’ लागू गर्ने कुराबाट कुनै पनि हालतमा पछि हट्न नसकिने बताएका छन्। सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको बिकास तथा प्रविधि समितिको बैठकमा ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिदै बास्कोटाले बिधेयकको मर्म नै हटाउने पक्षमा सरकार नरहेको बताएका हुन। उनले ‘क्लिन फिड’का बिषयमा दर्ता भएको संशोधन फिर्ता लिन आग्रह समेत गरे । राष्ट्रको हितलाइ दृष्टिगत गरी सरकारले उक्त बिधेयक अघि सारेको भन्दै उहाले यसबाट क्लिन फिडको प्रावधान हटाउन नसकिने स्पष्ट पारे । उक्त बिधेयकमा रहेको ‘क्लिन फिड’ को व्यवस्था हटाउन समितिका सदस्यद्धय लक्ष्मणलाल कर्ण र एकवाल मियाँले संशोधन दर्ता गरेका थिए । त्यस्तै मन्त्री बास्कोटाले प्रयाप्त छलफलपछि मात्रै सरकारले बिधेयक ल्याएको बताए। क्लिनफिड देशको भावना, राष्ट्रियता र हितको कुरा भएको बताउँदै उनले त्यही कारण हटाउन नसकिने उहाले स्पष्ट पार्नुभयो । बैठकमा सांसदहरुले बिज्ञापनलाई नियमन गर्न जरुरी रहेको धारणा राखेका थिए ।
प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update