![नया कुरा भन्छु भन्दै सभामुख महराले विरोधका बीच बैठक अघि बढाए](https://himaldainik.com/wp-content/uploads/2019/07/E0A4ACE0A588E0A4A0E0A495-E0A5A8E0A5A6E0A5ADE0A5AC-E0A485E0A4B8E0A4BEE0A4B0-E0A5A8E0A5AB-E0A497E0A4A4E0A587-E0A5A7_E0A5A6E0A5A6-E0A4ACE0A49CE0A587-4-55-screenshot-e1562757069561.png)
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदको विरोधका बीच बसेको प्रतिनिधिसभाको आजको बैठकमा चार विधेयक पारित भएको छ । अपराह्न १ बजेका लागि बोलाइएको सभाको बैठक डेढ घण्टापछि २ः३० बजे मात्र शुरु भएको थियो ।
सभामुख कृष्णबहादुर महराले बैठकको कारबाही शुरु गर्नेबित्तिकै दुवै दलका सांसदले उठेर विरोध जनाएका थिए । सभामुख महराले पटक पटक बस्न अनुरोध गरे पनि सांसद नबसेपछि बैठकको कारबाही शुरु भएको थियो ।
विरोधमा उत्रिएका सांसदले भने वेल घेराउ गर्दै ‘मानव अधिकारको रक्षा गर’ भन्ने नारा लगाए। सर्लाही घटनाका विषयमा मङ्गलबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रामबहादुर थापाले दिएको जवाफ चित्त नबुझेपछि विरोध हुँदै आएको छ ।
विरोधका बीच भएको बैठकमा प्रतिनिधिसभामा उत्पत्ति भई राष्ट्रियसभामा गएका ‘विनियोजन विधेयक, २०७६’, ‘आर्थिक विधेयक, २०७६’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७६’ र ‘ऋण तथा जमानत (तेइसौँ संशोधन) विधेयक, २०७६’ राष्ट्रियसभाबाट पारित भएको जानकारी सचिव गोपालीनाथ योगीले दिनुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही असार ३० गते अपराह्न १ बजे बस्ने छ । रस
प्रकाशित मिति: आइतबार, असार २२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय