हिमाल दैनिक
प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले सर्लाही घटनाको विषयमा संसदीय छानविन समिति गठन नगरेको भन्दै अबरोध गरेका छन्। पूर्वनिर्धारित समयभन्दा डेढ घण्टा ढिलो गरी बसेको प्रतिनिधि सभा बैठकमा सभामुख कृृष्णबहादुर महराले बैठक सुरु गर्नासाथ कांग्रेस र राजपा सांसदहरु उभिएर विरोध जनाए। विपक्षी दलका सांसदहरु उभिएपछि पटक पटक बस्न आग्रह गर्दै सभामुख महराले विपक्षीहरुको कुरा हिँजै राखिसकेको बताउँदै उनले नयाँ कुरा सुनाउने बताए। तर, विपक्षी दलका सांसदहरुले सर्लाहीमा केही समय भएका दुई वटा घटनामा भएको प्रहरी कारबाहीबारे छानविन गर्न संसदीय समिति गठनको माग पूरा नभएसम्म उभिएर विरोध जनाउने स्पष्ट सन्देश दिए। विपक्षी दलका सांसद नबसेपछि उनले राष्ट्रिय सभाको बैठकबाट सन्देशसहित प्राप्त बजेट पारित भएको प्रतिवेदन पेश गर्न समय दिए। त्यसपछि विपक्षी दलका सांसदहरुले वेल घेराउ गर्दै नारावाजी गरे। तर, सभामुख महराले अवरोध र नाराबाजीकै बीच सदनको कारबाही अघि बढाएर सत्तापक्षको चाहना बमोजिम सदन संचालन गर्दै असार ३० गते १ बजेसम्मका लागि स्थगित गरे।
प्रकाशित मिति: आइतबार, असार २२, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update