उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले सरकारले मन्त्रालयको विषयमा सांसदहरुले राखेको प्रश्नको जवाफ स्पष्ट दिन सकेनन्।
मन्त्रालयगत बजेट विनियोजनको विषयमा राष्ट्रिय सभामा सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिनेक्रममा सोमबार मन्त्री यादवले गोलमटोल जवाफ दिए।
खासगरी सरकारले प्लाष्टिकका बोतल आयातमा १० प्रतिशत भन्सार शुल्क लिने तर, त्यसको कच्चा पदार्थ आयातमा ३७ प्रतिशत किन भन्ने प्रश्न सांसदहरुले उठाएको भन्दै जवाफ भने दिनै सकेनन्।
मन्त्री यादवले कतिपय वस्तुहरु वस्तु पनि त्यहि र कच्चा पदार्थ पनि त्यहि भएको बताउँदै सरकारले भन्सार दरमा फरक गरेको बताए।
उनले अनकनाउँदै सरकारले गरेको भन्सार दरको विषयमा निजी क्षेत्रका व्यवसायीहरुसँग छलफल गर्न आफूहरु तयार रहेको बताए।
प्रकाशित मिति: शुक्रबार, असार २०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय