हिमाल दैनिक
कर्णालीबाहेक विषादी परीक्षण प्रयोगशाला सबै प्रदेशमा: कृषिमन्त्री कृषिमन्त्री
krishimantri
कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी cले सातमध्ये ६ वटा प्रदेशमा विषादी परीक्षण प्रयोगशाला रहेको जानकारी दिए । राष्ट्रियसभाको आइतबारको बैठकमा बिनियोजन बिधेयकमाथिको छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै मन्त्री खनालले कर्णालीबाहेक अन्य  विषादी परीक्षण प्रयोगशाला रहेको बताएका हुन्। मन्त्री खनालले कालिमाटीमा रहेको अन्तर्रा्ष्ट्रियस्तरको केन्द्रीय ल्याबले २९ वटा विषादी परीक्षण गरिरहेको पनि जानकारी दिए। खनालले उखु किसानलाई अनुदान, बीमा रकम लगायत प्रदेश तथा स्थानीय तहले दिने भएकोले संघ संग धेरै बजेट नभएको बताए। उनले कषृकको माग अनुसार युरिया र डिएपी मल खरिद गर्न अनुदानको व्यवस्था गर्नुका साथै युरिया र डिएपी मल स्टक राख्न आगामी वर्ष ३ वटा गोदाम निर्माण प्रक्रिया सुरु गर्ने जानकारी दिए। किसानलाई विभिन्न किसिम जातका बिउ भिजन खरिद गरी वितरण गर्नुका साथै नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन तथा आयात प्रतिस्थापन गर्न निर्यात गर्ने बस्तुको पनि पहिचान गरेर अगाडि बढ्ने उनले उल्लेख गरे । उनले उखु किसान र व्यापारब्ीच रहेको मुल्यको द्धन्द्ध समाधान गर्न पहल गर्नुका साथै उखुको जातका बारेमा पनि अनुसन्धान गर्न रकम विनियोजन गरेको जानकारी दिए।
प्रकाशित मिति: बिहीबार, असार १९, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update