भारत लगायत तेस्रो मुलुकबाट नेपाल भित्रने तरकारी तथा फलफूलको विषादी परिक्षण गर्ने निर्णयबाट सरकार पछि हटेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदमा सरकारी निर्णयप्रति गम्भिर आपत्ति प्रकट गरेको छ।
आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा कांग्रेस सांसद अनिता देवकोटाले विशेष समय लिएर बोल्दै पहिले भारत लगायत तेस्रो मुलुकबाट नेपाल भित्रने तरकारी र फलफूलको विषादी परिक्षण गर्ने निर्णय लिएको सरकार पछि कसको दबाबमा लल्याकलुलुक भयो भनि प्रश्न गरिन्।
उनले सरकारले विषादी परिक्षण गर्ने निर्णय कार्यान्वयन गराउने समयमा प्राविधिकको बहानाबाजी बनाएर सरकार आफैँ पछि हटेको भन्दै आपत्ति जनाइन्।
‘निर्वाचनको समयमा महान राष्ट्रवादको नारा लगाएको वर्तमान सत्तारुढ दल र त्यसको नेतृत्वमा रहेको सरकार कसैको दबाबमा लल्याकलुलुक परेर पछि हटेको छ। यो कस्तो राष्ट्रवाद हो? कहाँ कुन दुलोमा पस्योे सरकारको त्यो राष्ट्रवाद?,’ देवकोटाले प्रश्न गर्दै भनिन्।
जनताको स्वास्थ्यमाथि खेलवाड हुने गरी विदेशबाट आयात तरकारी तथा फलफूलको विषादी परिक्षणमा गरिएको सरकारी लाहप्रवाहीप्रति आपत्ति जनाउँदै उनले जनताको स्वास्थ्य र जीवनमाथि खेलवाड गर्ने अधिकार कसैलाई नभएको बताउँदै यसबारे सदनसमक्ष सरकारको जवाफ माग गरिन्।
साथै उनले देशभित्र र बाहिरबाट ल्याइने तरकारी तथा फलफूलकाे विषादी परिक्षण कार्ययाेजनाकाे कडाइकासाथ लागू गर्न पनि माग गरिन्र।
त्यसैगरी उनले सर्लाहीमा भएको पछिल्लो गोलीकाण्डको विषयमा पनि गृहमन्त्रीले सदनमा जानकारी दिन माग गरिन्।
प्रकाशित मिति: बिहीबार, असार १९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय