हिमाल दैनिक
राष्ट्रियसभाका सांसदले बजेट मन्त्रीको निर्वाचन क्षेत्रमुखी मात्र भएको जनाउँदै सन्तुलित रुपमा देश विकास हुन नसक्नेमा जोड दिनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ का विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद महेशकुमार महराले शहीद र द्वन्द्व पीडितका छोराछोरीलाई छात्रवृत्ति पाउने भने पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो । सांसद रामचन्द्र राईले पुल र बाटो निर्माण हुन नसकेको बताउँदै सिँचाइलाई कृषिअन्तर्गत राखिनुपर्ने र भूमिगत सिञ्चाई आयोजनालाई प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो । सांसद मुक्ताकुमारी यादवले सातै प्रदेशमा बजेट कम भएको बताउँदै बजेट सबै सङ्घमा मात्र राख्नाको कारण के हो भन्ने प्रश्न गर्नुभयो । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम व्यावहारिकभन्दा पनि प्रचारमुखी मात्र भएको उहाँको आरोप थियो । मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा मात्र बजेट राखेको भनी सांसद यादवले आपत्ति जनाउनुभयो । सांसद शेरबहादुर कँुवरले सुरुङ मार्ग खोल्ने सरकारको योजनाले छिटो सडक सञ्जाल अगाडि बढ्ने उल्लेख गर्दै यसले देशको आिर्थक विकासमा सहयोग गर्ने बताउनुभयो । सांसद रमेशप्रसाद यादवले बलियो स्थायी सरकारले सही बजेट ल्याउन नसकेको आरोप लगाउँदै समृद्ध नेपाल र सुखी नेपाली नारामै मात्र केन्द्रित भएको बताउनुभयो । मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा मात्र बजेट राख्नाले सन्तुलित रुपले देश विकास हुन नसक्ने औँल्याउनुभयो । सांसद नैनकला ओझाले युवा शक्तिलाई रोजगारीको व्यवस्था गर्नुपर्ने बताउनुभयो । सांसद हरिचरण शिवाकोटीले दलित, महिला तथा सम्पूर्ण उत्पीडित समुदायलाई लक्ष्य गरेर बजेट आउनुपर्नेमा त्यस्तो हुन नसकेको बताउनुभयो । बाल विकासका शिक्षकको तलब वृद्धि गर्नुपर्ने उहाँको माग थियो । सभाको अर्को बैठक यही असार १९ गते बिहान ११ बजे बस्ने छ । रासस
प्रकाशित मिति: आइतबार, असार १५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update