हिमाल दैनिक
जम्मु/काश्मिरको स्थलगत भ्रमणमा गएका राहुल गान्धीलाई श्रीनगरबाटै फर्काइयो
O-Zn2b72_400x400
भारतीय राष्ट्रिय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीसहित विभिन्न ८ विपक्षी दलका नेताहरुलाई सुरक्षा घेराभित्र रहेको जम्मु, कश्मीरको भ्रमणमा रोक लगाइएको छ। भारतीय संचार माध्यमका अनुसार, दिल्लीबाट शनिबार बिहान ११ बजेपछि पूर्वअध्यक्ष राहुल गान्धीसहित विपक्षी दलका ११ जना नेताहरुको टोली श्रीनगर विमानस्थल पुगेका थिए। तर, त्यहाँको प्रशासनले उनीहरुलाई विमानस्थलबाट बाहिर जान रोक लगाउँदै राजधानी दिल्ली फर्कादिएको छ। विपक्षी दलका नेताहरुको टोलीले अगस्ट ५ तारिखमा संविधानको धारा ३७० को खारेज गरी जम्मु÷कश्मीर र लद्दाखलाई केन्द्र शासित राज्यको रुपमा परिणत गर्दै नरेन्द्र मोदी सरकारले सैनिक र ठूलो मात्रामा सुरक्षा फौज परिचालन गरेपछि उक्त क्षेत्रको अवस्थाबारे अनेक हल्ला चलिरहेको छ। यहिबीचमा राहुल गान्धी सहितको प्रतिनिधिमण्डलले श्रीनगर र कश्मीर उपत्यकाको स्थलगत भ्रमण गरी त्यहाँका स्थानीय नागरिकको अवस्थाबारे जानकारी लिने गएका थिए। तर, प्रशासनले उक्त प्रतिनिधिमण्डको भ्रमणका कारण विस्तारै शान्त बन्दै आएको स्थिति थप नभड्कियोस् भन्ने हेतुले उनीहरुलाई रोकेको बताइएको छ। अहिलेसम्म उक्त क्षेत्रमा विपक्षी दलका नेतादेखि स्वदेशी तथा विदेशी पत्रकारहरुलाई समेत प्रवेश दिइएको छैन। आज राहुल गान्धीको साथमा विपक्षी दलका नेताहरु कांग्रेसका गुलाम नबी आजाद, आनंद शर्मा, केसी वेणुगोपाल, माक्र्सवादी कम्युनिष्ट पार्टीका नेता सीताराम येचुरी, लोकतान्त्रिक जनता दलका नेता शरद यादव डिएमकेका नेता तिरुची शिवा, राष्ट्रिय कांग्रेस पार्टीका नेता माजिद मेमन, भाकपा नेता डी राजा, तृणमूल कांग्रेसका नेता दिनेश त्रिवेदी लगायतका नेता सहभागी दिए।
प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update