पूर्व अर्थमन्त्री तथा भारतीय जनता पार्टी भाजपाका वरिष्ठ नेता अरुण जेट्लीको शनिबार अपराह्न निधन भएको छ । उहाँको ६६ वर्षको उमेरमा नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान ९एम्स० मा उपचारकै क्रममा निधन भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र बिजेपीका वरिष्ट नेताहरु अस्पताल पुग्नु भएको थियो ।
जेट्ली अगस्त महिनाको शुरुमा नै एम्समा भर्ना हुनु भएको थियो । पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपयीको सरकारमा नै सन् २००० मा जेट्ली पहिलो पटक मन्त्रिमण्डलमा सहभागी हुनु भएको थियो । उहाँले सन् २००९ मा राज्यसभामा विपक्षी दलको नेताको रुपमा जिम्मेवारी सम्हाल्नु भएको थियो ।
उहाँ सन् २०१४ मा अर्थात् मोदी सरकारको पहिलो कार्यकालमा अर्थमन्त्रीमा नियुक्त हुनु भएको थियो । तर सन् २०१९ को भारतीय लोकसभाको निर्वाचनमा स्वास्थ्यको कारण देखाउँदै उम्मेदवारी दिन अस्वीकार गर्नुभएको थियो । उहाँको गत वर्ष मे महिनामा मिर्गौला प्रत्यारोपण गरिएको थियो । रासस /एएनआई
प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय