हिमाल दैनिक
प्रधानमन्त्री खान पाकिस्तानी काश्मिर भ्रमणमा
imrankhankhasmir
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार पाकिस्तानी काश्मिरको भ्रमण गर्नुभएको छ । प्रधानमन्त्री खानले काश्मिर भ्रमण पश्चात नयाँ नीति घोषणा गर्ने सम्भावना रहेको छ । भारत सरकारले भारत प्रशासित जम्मु काश्मिरको विशेष मान्यता खारेज गरेसँगै आणविक शक्तिसम्पन्न दुबै मुलुकबीच तनाबको स्थिति छ । पाकिस्तानले भारतको यस कदमका विरुद्ध अन्तर्राष्ट्रिय कुटनीतिक दबाब बढाउने निर्णय गरेको छ । पाकिस्तानले भारतीय कदमका सम्बन्धमा आपतकालीन बैठक डाक्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद समक्ष औपचारिक अनुरोध गरिसकेको छ । पाकिस्तानले भारतीय राजदूतलाई फिर्ता गरेको छ भने दुई देशीय व्यापार रोक्नुका साथै सीमा वारपार यातायात सेवा बन्द गरेको छ । विज्ञहरुका अनुसार पाकिस्तानका पछिल्ला निर्णयले भारतमाथि कुनै दबाब सिर्जना हुनेछैन । यसैसाताको शुरुमा पाकिस्तानी प्रधानमन्त्री खानले भारतको कदम विरुद्ध अन्तर्राष्ट्रिय जगतले खुलेर समर्थन नगरेकामा आपत्ति जनाएका थिए । अगष्ट १९४७ मा बेलायतको शासनसत्ता पतन भएसँगै भारत र पाकिस्तानको उदय भएको थियो । दुई मुलुकको विभाजनका क्रममा भड्किएको हिंसामा परेर लाखौं मानिस मारिएका थिए ।  (रासस-एएफपी)
प्रकाशित मिति: आइतबार, साउन २६, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update