हिमाल दैनिक
पूर्व विदेशमन्त्री सुष्मा स्वराजकाे हृदयघातबाट मृत्यु
EBTrHqBXsAEKzSf
भारतीय जनता पार्टीका वरिष्ठ नेता सुष्मा स्वराजको मंगलबार राति निधन भएको छ। पूर्व विदेशमन्त्री स्वराजको ६७ बर्षको उमेरमा हृदयघातका मृत्यु भएको भारतीय संचार मध्यमले जनाएको छ। मंगलबार साझ उनको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई राति १० बजे एम्समा भर्ना गरिएको थियो। अस्पतालमा स्वराजको विशेषज्ञ डाक्टरहरुले उपचार गरेपनि उनलाई बचाउन नसकेको बताइएको छ। केन्द्रिय स्वास्थ्य मन्त्री हर्षवर्धन, केन्द्रिय मन्त्री नितिन गडकरी एम्समा उनलाई भेट्न पुगेका थिए। अस्पतालमा सुष्मा स्वराजका श्रीमान र उनका अन्य परिवारजनहरु पनि अहिले अस्पतालमा रहेको संचार मध्यमले बताएका छन्। स्वराजले निधन हुनुअघि साढे ७ बजे मात्र कश्मिर मुद्धालाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएकी थिइन् । https://twitter.com/SushmaSwaraj/status/1158737840752037889 सन् २०१६ मा स्वराजको मृगौला प्रत्यारोपण गरिएको थियो र पछिल्लो समय उनी अस्वस्थ रहेको बताइएको छ। उनी स्वास्थ्यकै कारण २०१९ को लोकसभा चुनाबमा पनि आफ्नो उम्मेदवार फिर्ता गरेकी थिइन्। सन् २०१४ मा उनी विदेश मन्त्री बनेकी थिइन्। त्यस्तै बिजेपी सत्तामा हुदा उनि दिल्लीको पहिलो महिला मुख्यमन्त्री भएकी थिइन्। उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, काँग्रेसका सांसद राहुल गांदी लगायतका नेताहरुले ट्वीट मार्फत शोक ब्यक्त गरेका छन्। https://twitter.com/narendramodi/status/1158802378998419457?ref_src=twsrctfwtwcamptweetembedtwterm1158802378998419457&ref_url=httpsaajtak.intoday.innewsliveblogsushma-swaraj-bjp-leader-passes-away-aiims-live-updates-500.html https://twitter.com/RahulGandhi/status/1158805433294868481?ref_src=twsrctfwtwcamptweetembedtwterm1158805433294868481&ref_url=httpsaajtak.intoday.innewsliveblogsushma-swaraj-bjp-leader-passes-away-aiims-live-updates-500.html https://twitter.com/AmitShah/status/1158806407971389445?ref_src=twsrctfwtwcamptweetembedtwterm1158806407971389445&ref_url=httpsaajtak.intoday.innewsliveblogsushma-swaraj-bjp-leader-passes-away-aiims-live-updates-500.html  
प्रकाशित मिति: शनिबार, साउन १८, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update