हिमाल दैनिक
आजम खानले स्पीकरको आँखामा आँखा जुदाउन खोज्दा मच्चियो हंगामा
ajamkhan
भारतको लोक सभामा आज आजम खानको टिप्पणीलाई लिएर सदनमा हंगामा भएको छ। विहिबारको लोक सभामा तीन तलाक बिल माथिको छलफलमा समाजवादी पार्टीका संसाद आजम खानले सायरी अन्दाजमा तत्कालिन चियरमा रहेकी रमा देवीलाई भने
"आप मुझे इतने अच्ची लगती है कि मेरा मन कर्ता है कि आपकी आखों में आखें डाले रहू "।  
त्यस बेला स्पीकर ओम बिरला केहि समयका लागि बाहिर गएका थिए र रमा देवी चियर समालेको थिइन्। खानले दिएको टिप्पणीपछि संसदमा बिजेपीका संसदहरुले आपति जनाउदै यसको बिरोध गरे। बिजेपीका संसाद रविशंकर प्रसादले खानको टिप्पणी अमर्यादित भएको भन्दै तत्काल माफी मग्न माग गरे। तर खानले भने रमा उनकी बहिनी जस्ती भएको र आफुले कुनै नराम्रो शब्द नबोलेको भन्दै माफी मग्न अस्विकार गरे। स्वयं रमा देवीले पनि पटक-पटक माफी मग्न भने पनि खान भने माफी मागेनन्। स्थितिले तनाबपूर्ण मोड लिएपछि स्पीकर ओम बिरला चियरमा आए र खानलाई माफी मग्न लगाए तर आजम खान भने माफी नमाग्ने अडान लिए। खानको बचाऊमा अखिलेश यादवले उनको टिप्पणीमा न शब्द न त त्यसको भावनै गलत रहेको बताउदै खानले माफी माग नपर्ने बताए। अखिलेशले सत्तापक्षको आलोचना गर्दै भने "कहा कि यह किसी को सदन में बोलने नहीं दे रहे हैं"। खानले उनको नियत कुनै गलत नभएको बताउदै स्पीकर बिरलालाई रेकर्ड चेक गर्न भने। उनले दिएको अभिब्यक्तिमा कुनै अमर्यादित शब्दको प्रयोग गरेको भेटिएमा तत्काल संसदबाट राजिनामा दिने बताउदै खान सदन बाट बाहिर निस्किए। https://twitter.com/ANI/status/1154328813226139648?ref_src=twsrctfwtwcamptweetembedtwterm1154328813226139648&ref_url=httpswww.indiatoday.inindiastoryazam-khan-sexist-comment-uproar-lok-sabha-speaker-1573458-2019-07-25
प्रकाशित मिति: सोमबार, साउन ६, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update