हिमाल दैनिक
भारतले आज अन्तरिक्षको क्षेत्रमा नयाँ इतिहास रच्न सफल भएको छ। भारतीय अंतरिक्ष अनुसन्धान संगठन(ISRO) ले सोमवार २:४३ बजे चन्द्रयान-२ नामक रकेट सफलता पुर्वक लन्च गरेको छ। ३,८५० केजीको चन्द्रयान-२ लाई बहुबाली लन्चेर GSLV - MK3 बाट लन्च गरिएको थियो। https://twitter.com/i/status/1153239378564485123 यो संगै भारतले दोस्रो रकेट चन्द्रमामा पठाएको छ। सन् २००९ अगष्ट २९मा भारतले पहिलो रकेट चन्द्रयान-१ चन्द्रमामा पठाएको थियो। तर त्यो चन्द्रमासम्म पुग्न सकेको थिएन। एक हप्ता अगाडी पठाउने भनिएको चन्द्रयान-२ लन्च हनु ठिक ५६ मिनेट २४ सेकेन्टमा प्राविधिक समस्या देखिएपछि लन्चलाई रोकिएको थियो। यो रकेट ४८ दिनको यात्रा गरि पृथ्वीमा फर्किने छ। चन्द्रयान-२ यदि सफलतापुर्वक चन्द्रमामा गई फर्किएमा भारत अन्तरिक्ष जगतमा नया इतिहास रचनेछ। यस अघि चन्द्रमामा अमेरिका, रसिया, चीनले रकेट पठाएको थियो। (एजेन्सीको सहयोगमा ) https://twitter.com/isro/status/1153232244506411008
प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update