हिमाल दैनिक
म जेल जान तयार छु तर, जमानत तिर्दिन: प्रियङ्का गान्धी
D_6wPHFVUAEtVsP
भारतीय राष्ट्रिय काँग्रेसकी महासचिव प्रियङ्का गान्धी वाड्राले आफू जेल जान तयार रहेको बताउनु भएको छ । गत जुलाई १७ तारिखका दिन सोनभद्रामा भएको गोलीकाण्डमा मारिएकाहरुका आफन्तलाई भेटेपछि उहाँले यस्तो बताउनु भएको हो । “पीडितका आफन्तलाई भेट्दा मलाई सरकारले जेल हाल्छ भने म जेल जान तयार छु,” उहाँले ट्विटरमा लेख्नु भएको छ । उहाँले जमानत कुनै हालतमा पनि नतिर्ने अठोट पनि गर्नुभएको छ । आफूले हिंसा नचाहेको र उनीहरुलाई आफूले जसरी पनि भेट्ने प्रियङ्काको भनाई छ । रासस(एएनआई) https://twitter.com/priyankagandhi/status/1152253538858409984
प्रकाशित मिति: बुधबार, साउन १, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update