अस्ट्रियाको पश्चिम टाइरोलमा बिहीबार एउटा सानो बिमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
जर्मनीको सीमा नजिक हिमाली क्षेत्रमा करिब साढे पाच बजे बिमान ठोक्किएको प्रहरीले जनाएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार बिमानले समुद्र सतहबाट करिब २,३०० मिटरको उचाईमा रहेको हिमाली चट्टानमा ठक्कर दिएको थियो ।
कठिन भौगोलिक क्षेत्र भएकाले खोज तथा उद्धारमा कठिनाई भएको पनि प्रहरीले जनाएको छ । बिमान दुर्घटनाका सम्बन्धमा अनुसन्धान जारी छ ।रासस-सिन्ह्वा
प्रकाशित मिति: मंगलबार, असार ३१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय