भारतको मुम्बई शहरमा चार तले भवन भत्केको छ। मंगलबार बिहान मुम्बईको डोंगरी भन्ने ठाउमा उक्त घटना हुदा दुई जनाको मृत्यु भएको र करिब ४० देखि ५० जना त्यस भवनभित्र फसेको भारतीय संचार मध्यमले जनाएको छ।
घटना स्थलमा स्थानीय पुलिस प्रशासन, दमकल र एन डि आर एफका टिमहरु उद्दारका लागि खटेको बताइएको छ।
स्थानीय अधिकारीहरुका अनुसार अहिलेसम्म एक शिशुको मात्र उद्दार गर्न सफल भएका छन्।भग्नावशेषभित्र अझै ८ देखि १० परिवार फसेको आशङ्का गरिएको छ । (एजेन्सीको सहयोगमा )
प्रकाशित मिति: शनिबार, असार २८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय