हिमाल दैनिक
एनआरएन अमेरिकाको ८औं साधारण सभा शिकागोमा सुरु
66016563_460602064753390_6886178154382098432_n
अमेरिकास्थित गैर आवासीय नेपालीहरुको संस्था (एनआरएनए)को ८औं साधारण सभाको दुर्ई दिने बैठक सुरु भएको छ। अमेरिकाको शिकागोस्थित शहरमा सम्पन्न उक्त बैठकमा एनआरएनएका नवनिर्वाचित अध्यक्ष सुनिल शाह लगायतका विभिन्न तहका पदाधिकारी तथा च्याप्टरका अध्यक्षलाई नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले सपथ दिलाउनुका साथै प्रमाणपत्र वितरण गरेका थिए। यसरी सपथ तथा प्रमाणपत्र लिनेहरुमा अध्यक्ष सुनिल शाह नयाँ कार्यकालका लागि निर्वाचित भएका थिए। त्यसैगरी न्यूजर्सी च्याप्टरका अध्यक्ष सम्मरबहादुर बुढाथोकीले पनि नयाँ कार्यकालका लागि पद तथा गोपनियताको सपथ तथा प्रमाणपत्र लिएका थिए। उनी सन २०१५ देखि ०१७ सम्म उपाध्यक्ष तथा त्यसपछि उक्त च्याप्टरको अध्यक्षका रुपमा दोस्रो पटक पनि निर्विरोध निर्वाचित भएका हुन्। बुढाथोकीले दिएको जानकारी अनुसार, उक्त बैठकले संस्थाको विधानमा आवश्यक संशोधन तथा परिमार्जन पनि गरेको छ। सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस उपसभापति गच्छदारले नेपालबाट विदेशमा गएर बसेका गैरआवासीय नेपालीहरुको हक हितका लागि उनीहरुको माग बमोजिम नेपालको नागरिकता उपलब्ध गराउने विषयमा आफ्नो पार्टीले सक्रिय भूमिका निर्वाह गर्ने आश्वासन दिएका थिए। उक्त अवसरमा पर्वतबाट अमेरिका गएर त्यहाँ राजनीतिमा सक्रियताका साथ जिम्मेवारीको भूमिका पाएका ह्यारी भण्डारीले पनि सम्बोधन गरेका थिए।
प्रकाशित मिति: बिहीबार, असार १९, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update