अर्थमन्त्री युवराज खतिवडाले निक्षेपको सुरक्षण गर्ने अवधारणा आएसँगै कोही पनि मेरो निक्षेप डुब्न लाग्यो भनेर बैंकको काउन्टरमा जानुपर्ने अवस्था नरहेको बताएका छन्।
मंगलबार काठमाडौंको नक्सालमा निक्षेप तथा कर्जा सुरक्षण कोषको भवन निर्माण कार्यको शिलान्यास गर्दै अर्थमन्त्रीले सो कुरा व्यक्त गरेका हुन्।
अर्थमन्त्री खतिवडाले नेपाली बैंक राम्रो भएकाले विदेशी बैंकले पनि पत्याउन थालेको र ऋण दिन थालेको बताउँदै देशको क्रेडिट रेटिङपछि अझ धेरै विश्वास हुने बताए।
उनले बैंकको क्षमता बढाउने, बैंकको कारोबार कढाउने, बैंकको व्यवस्थापनमा सुधार गर्ने, पारदर्शिता ल्याउने, निश्क्रिय रूपले अनुपात घटाउने, केही परिसूचकरू पालना गराउने जस्ता कार्यले गर्दा दक्षिण एसियामा सबै भन्दा सुदृढ बैंकिङ प्रणाली नेपालमा रहेको दाबी गरे।
भोलिका दिनमा हुन सक्ने जोखिमको पूर्वानुमान गर्दै आफ्नो क्षमता बढाउन उनले कोषलाई निर्देशन पनि दिए।
हाल कोषको चुक्ता पूँजी ८ अर्ब रुपैयाँ रहेको छ। कोषलाई बलियो बनाउँन अझै दुई अर्ब रुपैयाँ पूँजी उपलब्ध गराउने खतिवडाले आश्वासन दिएका थिए।
कोषले पाँच तले भवन निर्माणको लागि ६ करोड ६८ लाख रुपैयाँ छुट्टयाएको कोषका प्रमुख कार्यकारी अधिकृत बिष्णुबाबु मिश्रले जानकारी दिए।
प्रकाशित मिति: शनिबार, जेठ २५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय