एनआईबिएल एस क्यापिटलले नेपालमै पहिलो पटक खुलामुखी सामूहिक लगानी कोष योजना अन्तर्गत एनआईबिएल सहभागिता फण्ड नामक योजना सञ्चालनमा ल्याएको छ ।
एनआइबीएल सहभागित फन्डको ५ करोड इकाई (युनिट) निष्कासन खुला गरेको हो । जसमध्ये बीज पुँजी बापत १० लाख इकाई योजना व्यवस्थापक एनआइबीएल एस क्यापिटल र ६५ लाख इकाई कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ४ करोड २५ लाख इकाई सर्वसाधरणलाई खुला गरिएको हो ।
यसमा चरणबद्ध रुपमा आवेदन दिन सकिनेछ । पहिलो चरणमा भने सर्वसाधारण लगानीकर्ताले १ करोड २५ लाख इकाईका लागि मात्रै आवेदन दिन सक्नेछन् । यसमा जेठ २२ गतेसम्म आवेदन दिन सकिन्छ । त्यस अवधिमा सबै इकाई बिक्री नभएमा असार १६ गतेसम्म आवेदन खुला रहनेछ ।
एनआइबीएल सहभागिता फन्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम २ लाख ५० हजार इकाईसम्म आवेदन दिन पाइनेछ । तत्कालको लागि योजना व्यवस्थापक र कोष प्रवर्द्धकको निश्चित शाखा कार्यायलहरुलाई खरिद बिक्रीको लागि जिम्मेबारी दिन तयारी भएको एनआईबिएलले जनाएको छ ।
उक्त योजनाको शुभारम्भ गर्दे नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा। रेवत बहादुर कार्किले पूँजी बजारमा नयाँ अध्याय थपिएको बताए। नेपालमै पहिलो पटक खुलामुखी योजना संचालनमा आएको भन्दै उहाले लगानीकर्ताहरुलाई थप नयाँ लगानीको बाटो खुला भएको बताए।
उनले पूँजी बजार विस्तारको क्रममा रहेको बताउदै पर्याप्त व्यवस्था गर्न आवश्यक रहेको धारणा राखे। खुलामुखी योजनाले लगानीकर्ताहरुलाई फाइदा पुग्ने उनको भनाई छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय