हिमाल दैनिक
नाडा अटो शो मंगलबारबाट भृकुटीमण्डपमा शुरु
nada
अर्थमन्त्री डा। युवराज खतिवडाले नेपालमा विदेशबाट गाडी ल्याएर बिक्री गर्नुभन्दा पनि स्वदेशै गाडी एसेम्बलिङ गरेर बिक्री गर्न सुझाव दिएका छन् । मंगलबारबाट काठमाडौंको रु भएको नाडा अटो शोको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले नेपालमा विद्युतीय गाडी (एसेम्बलिङ) बनाउने उद्योगहरुलाई सरकारले २५ प्रतिशत अनुदान दिने समेत बताए । सरकारले निजी गाडी भन्दा पनि सार्वजनिक सवारी साधनलाई प्रोमोट गर्ने उनको भनाई छ । ९० प्रतिशत परम्परागत इन्धन(डिजलरपेट्रोल) बाट सञ्चालन हुने गाडीलाई हाइब्रिड भन्न नमिल्ने उनले बताए । १० वर्षमा ४ गुणाले गाडी आयात बृद्धि भइरहेको प्रशंग उल्लेख गर्दै उनले नेपालीको आम्दानीले धान्न सक्ने गाडी मात्रै भित्र्याउदा राम्रो हुने तर्क गरे । गाडी आयातकर्ताले प्रविधिको प्रयोग गरेर जुनसुकै नाकाबाट गाडी भित्र्याएपनि राजस्व पायक पर्ने ठाउँमा तिर्ने व्यवस्था मिलाउनेतर्फ सरकार लागि परेको उनले बताए । १४ औँ नाडा अटो शो उद्घाटन समारोहमा आयोजक नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपालका अध्यक्ष शम्भु दाहालले प्रर्दशनी स्थल सानो भएका कारणले ठूला सवारीसाधन शोमा राख्न नसकिएको बताए । १५ गतेसम्म हुने अटो शोमा दुईपांग्रे र चारपांग्रे गरि ४१ वटा ब्राण्डका सवारी कम्पनीले सहभागिता जनाएका छन् । मेलामा सवारी साधनको प्रदर्शनीका साथै सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस, लुब्रिकेन्टस, टायर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसोसेरिज कम्पनीहरूको पनि सहभागिता रहेका छन् । नाडा अटोमाबाइल एसोसिएसन अफ नेपालले सवारी, पार्टपुर्जा तथा यससँग सम्बन्धी एसोसिरिजहरुको प्रदर्शनी नाडा अटोमा वर्षेनी गर्दै आएको छ
प्रकाशित मिति: शनिबार, भदौ ७, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update