हिमाल दैनिक
देशको पाँच स्थानमा आधुनिक बधशाला निर्माण गरिने
chakrapani khanal
गैरसरकारी संस्था हेफर इन्टरनेसनल नेपालको सहकार्यमा मुलुकका बिभिन्न पाँच स्थानमा अत्याधुनिक पशु बधशाला निर्माण गरिने भएको छ । हेफर इन्टरनेसनलले बुधबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरि आधुनिक बधशालाहरु निर्माणका लागी बिभिन्न स्थानका प्रदेश र स्थानीय तहसंग सम्झौता भइसकेको पनि जानकारी गराएको हो । विराटनगर, भरतपुर, पोखरा, बुटवल र कोहलपुरमा अत्याधुनिक पशु बधशाला निर्माण हेफर इन्टरनेसनल नेपालले जनाएको छ । निर्माण हुने बद्यशालाहरु सार्वजनिक, निजी, उत्पादक साझेदारी मोडल अन्तर्गत संचालन हुने जनाइएको छ । जनतालाई स्वस्थ तथा सफा मासु उपभोगका लागि भौतिक संरचनाहरु निर्माणमा हेफर इन्टरनेसनलको आर्थिक सहयोग रहने बताइएको छ । कार्यक्रममा कृषि मन्त्री चक्रपाणी खनालले स्वस्थकर पशुमात्र अन्य देशबाट भित्राउने सरकारको रणनीति रहेको बताए । अन्त देशबाट नेपालमा पशु भित्राउनका लागी सबै प्रक्रिया पुराउनुपर्ने र चेकजाचपछि मात्रै नेपालमा ल्याउने व्यवस्था गरिएको उनले बताए । अत्याधुनिक पशु बधशाला निर्माणका लागी खसी बाख्रा उत्पादक महिला किसानहरु र मासु व्यवसायीहरुका तर्फबाट २२ करोड रुपैया भन्दा बढी शेयर रकम प्रतिबद्धता जनाएको हेफर नेपालले उल्लेख गरेको छ । भिडियो हेर्नुहोस https://youtu.be/DD1YZofU7o8
प्रकाशित मिति: आइतबार, भदौ १, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update