हिमाल दैनिक
नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाउँदा खाना पकाउने एलपीजी ग्यासको मुल्य भने घटाएको छ । मंगलबार रातिबाट लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर एक र डिजेल/मट्टितेलमा ५० पैसा मूल्य बढेको छ । नयाँ मूल्यअनुसार पेट्रोल एक सय नौ रूपैयाँ रुपैयाँ प्रतिलिटर र डिजेल/मट्टितेल ९७ रूपैयाँ प्रतिलिटर कायम गरिएको छ । एलपीजी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ घटाएसँगै उपभोक्ताले एक सिलिण्डर ग्यासका लागि  एक हजार तीन सय ७५ रुपैयाँ तिर्नुपर्नेछ । हवाई इन्धनका खुद्रा बिक्री मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, साउन १९, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update