कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनालले नेपालमा बालीनालीमा लाग्ने किराको नियन्त्रणका लागि सरकार गम्भिर रहेको बताएका छन ।
विभिन्न सरकारी तथा गैर सरकारी संस्थाले सोमबार ललितपुरमा आयोजना गरेको नेपालमा मिचाहा सिपाही किरा भित्रने सम्भावना र त्यसको व्यवस्थापन गोष्ठीमा बोल्दै मन्त्री खनालले यस्तो बताएका हुन् ।
उनले नेपालको तराई क्षेत्र उत्पादनको केन्द्र भएकाले अहिलेको मौसम अनुसार मिचाहा सिपाही किराले तराई क्षेत्रमा नै आक्रमण गर्ने सम्भावना रहेकोले यसतर्फ सरकार संवेदनशील भएर लागि पर्ने बताए । कृषि वैज्ञानिकहरुको अनुसन्धान प्रतिवेदन अनुसार नेपालमा हाल उक्त किरा आइनसकेकोले यसलाई आउन ननि नै सरकार तथा अन्य सबै निकायले पहल गर्न जरुरी रहेको उनको भनाई छ ।
त्यस्तै मन्त्री खनालले उक्त किरा रोकथाम तथा निषेधका लागि विषादी नै अन्तिम विकल्प नभएकोले सुरुमा अन्य विकल्पको प्रयोग गर्न समेत वैज्ञानिकहरुलाई आग्रह गरे ।
मिचाहा सिपाही किरा उत्तर र दक्षिण अमेरिकाको उष्ण हावापानी क्षेत्रको रैथाने कीरा रहेको र उक्त किराले धेरै प्रकारको बालीहरु खाने भएकाले यसलाई पोलिफ्यागस पनि भनिे उल्लेख गरिएको छ ।
नेपालको पूर्वी भाग र मध्यभाग सम्मको मध्य पहाडी क्षेत्र उक्त किराको लागि अत्यन्तै सुहाउदो वातावरण भएकाले नेपालमा उक्त किरा प्रवेश हुने सम्भावना रहेकोले यसतर्फ समयमा नै संवेदनशीलता अपाउन सरोकारवालाको सुझाव दिएका छन् ।
उक्त किरा व्यवस्थापनका लागि बाली विरुवाको नियमित अवलोकन गर्ने, मोहिनी पासोको प्रयोग गर्ने, निममा आधारित विषादीको प्रयोग इत्यादिमा ध्यान नि जरुरी रहेको उल्लेख गरिएको छ । हावापानीमा आएको परिवर्तन, कृषि एवंम वनजन्य उत्पादनहरुको विश्वव्यापी ओसार पसार र मानव तथा विभिन्न प्रकारका पारवहनहरुको आवत जावतका कारण बाली विरुवामा लाग्ने रोगहरु सर्ने गरेको बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय