भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको सफलताको शुभकामनाको मूल्य १२ लाख २१ हजार रुपैयाँको रहेको छ।
गत जेठ दोस्रो साता भारतीय लोकसभा निर्वाचनमा अत्याधिक बहुमत प्राप्त गरी दोस्रो कार्यकालको सपथ ग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली पुगेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण खर्चको आधारमा प्रधानमन्त्री शुभकामना सन्देश खर्च १२ लाखको पर्न गएको हो।
अर्थमन्त्रालयले असार महिनामा विभिन्न शीर्षकमा निकासा तथा रकमान्तरण गरेको खर्चको सार्वजनिक विवरण अनुसार, जेठ १६ गते नयाँ दिल्ली पुगेर मोदीलाई नयाँ कार्यकालको सफलताको शुभकामना दिई १७ गते फर्किएका प्रधानमन्त्री ओलीको भ्रमण खर्च १२ लाख, २१ हजार ६ सय ७५ रुपैयाँ मात्र रहेको छ।
त्यसै अर्थमन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार, प्रधानमन्त्री ओलीको अर्को विदेश भ्रमण शीर्षक अन्तर्गत ४ करोड ३७ लाख ५३ हजार २५० रुपैयाँ राज्यकोषबाट व्यहोरिएको छ।
भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी हुनका लागि भएको खर्चबारे स्पष्टसँग विवरणमा उल्लेख भएपनि ४ करोड ३७ लाख भन्दा बढी रकम विदेश भ्रमणका लागि निकासा दिँदा प्रधानमन्त्री ओलीको कुन विदेश भ्रमण हो भन्ने स्पष्ट उल्लेख गरिएको छैन।
प्रधानमन्त्री ओली वैशाख २६ देखि जेठ १ गतेसम्म भेयतनाम, कम्बोडियाको तथा जेठ २५ देखि असार १ गतेसम्म युरोपका विभिन्न मुलुकको भ्रमण गरेका थिए।
प्रकाशित मिति: बिहीबार, साउन २, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय