हिमाल दैनिक
सरकारले २०७६/७७ देखी लागु गरेको आर्थिक नीति, नियमबिरुद्ध चितवनमा बिरोध
chitwanbirodh
आर्थिक बर्ष २०७६/७७ देखी लागु हुने उद्योग , व्यवपार तथा व्यवसाय क्षेत्र संग सम्बन्धित सामाजिक सुरक्षा योजना र आर्थिक ऐनले गरेको व्यवस्थाका प्रावधानका विरुद्ध उद्योग वाणिज्य संघ–चितवनले वृहत विरोध -याली निकालेको छ । आइतबार उद्योग वाणिज्य संघ–चितवनको प्रांगणबाट विरोध व्यानर , बिभिन्न माग सहितका प्लेकार्ड सहित शूरु भएको -याली भरतपुरको केन्द्रविन्दु मानिने चौवीस कोठीमा एक विरोध सभाको आयोजना गरि सम्पन्न भएको हो । विरोध सधालाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सहनलाल प्रधानले सरकारले कर नीति तथा र्आार्थक विधेयक मार्फत ल्याएका कतिपय प्राबधानहरु देशको भौगोलिक अवस्था,कर शिक्षाको अभाव, प्राबिधिक ज्ञानको कमि, खुला सिमाना र छोटो समयावधिका कारण कार्यान्वयनमा ल्याउन कठिन हुने बताए । उनले स्थायी लेखा नम्बरको प्राबधान, ढुवानीको मूल्यमा भएको अभिबृद्धी कर , विद्युतिय विलिङ, आधारभुत खाद्य वस्तुमा लगाईएको मुल्य अभिबृद्धी करका प्राबधानहरु तत्काल कार्यान्वयन नगर्न माग गरे । उद्योग वाणिज्य संघ– चितवनको आयोजनामा भएको उक्त विरोध -यालीमा उद्योग वाणिज्य संघ –चितवनका सदस्य, वस्तुगत त संघ, कर्पोरेट सदस्य, सञ्चार उद्यमी लगायत करिव २ हजार उद्यमी व्यवसायीहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन २, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update