हिमाल दैनिक
अनलाइन अनुगमनकाे नाममा व्यापार व्यवसाय चाैपट्ट पार्दैछ सरकारः व्यवसायी
DUWANI BEWASAHI SANGH
यातायात व्यवसायी, ढुवानी व्यवसायी एवं यातायात मजदुरहरुले सरकारले साउन १ गतेदेखि लागू गरेको अनलाइन मार्फत ढुवानी अनुगमन प्रणाली (भिसिटिएस) सिस्टमको विरोध गरेका छन्। उनीहरुले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उच्च विकासित देशमा मात्रै लागू गरिएको उक्त प्रविधि नेपालमा पूर्वधारबिना ल्याएको भन्दै विरोध जनाएका हुन्। भिसिटिएस अर्थात मालवस्तु ढुवानीका साधनको अनुगमन प्रणालीका कारण उद्योगी व्यवसायीले गर्ने गल्तीमा पनि यातायात व्यवसायी र मजदुर सजायको भागिदार बनाउन खोजिएको उनीहरुले आरोप लगाएका छन्। पत्रकार सम्मेलनमा यातायात व्यवसायी, ढुवानी व्यवसायी एवं यातायात मजदुरहरुको सघर्ष समितिका संयोजक गोकर्ण पराजुलीले यस्तो व्यवस्था लागू गर्न समस्या पर्नेबारे पटक–पटक सरोकारवालको ध्यानकर्षण गराउँदा पनि सुनुवाइ नभएको बताए। उनले ढुवानीको भाडामा मूल्य अभिवृद्धिकर अव्यवहारिक भएको पनि बताए। ढुवानीकर्ताले भ्याट बिल काट्न नजान्‍ने र त्यस्तो अवस्थमा थप रोजगारी दिनुपर्ने अवस्था आउने बताउँदै वैकल्पिक उपायबाट कर उठाउन उनले आग्रह गरे। पत्रकार सम्मेलनमा उनीहरुले सरकारले ट्रक व्यवसायीलाई गरेको पञ्जीकरण व्यवस्थाबारेपनि असहमति जनाएका छन् । पञ्जीकरणका नाममा अनेक जरिवाना लगाएर कर असुल्ने मात्र नियत देखिएको उनीहरुको आरोप छ।
प्रकाशित मिति: मंगलबार, असार ३१, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update