हिमाल दैनिक
दुवानी व्यवस्थालाई मजवुत गर्न सरकारले ढुवानी साधनको अनुगमन अनलाईनबाट गर्ने प्रणाली सुरु गरेको छ । राजश्व अनुसन्धान विभागले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बुधबार गरेको कार्यक्रममा उक्त प्रणालीको सुरु गरिएको हो । दुवानीका साधनको अनलाईन अनुगमन प्रणलीको शुरुवात गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अपारदर्शी एवं अनौपचारिक व्यवसायलाई पारदर्शी र औपचारिक व्यवसायमा रुपान्तरण गर्न यो प्रणालीको सुरुवात गरिएको बताए। प्रविधिको प्रयोगले ५० प्रतिशत अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रमा रुपान्तरण गर्न यस्तो मन्त्री खतिवडाको भनाई छ । उनले यस प्रणालीबाट साना व्यवसायीलाई हुने व्यवहारिक कठिनाइ हल गरेर जान सरकार प्रतिबद्ध रहेको बताए । उनले अनौपचारिक क्षेत्रमा कारोबार हुने सबै आर्थिक कारोबार समेत पारदर्शी हुने बताए । यो व्यवस्था लागु भएसँगै सरकारले मालबहाक सामान चेकका लागि सञ्चालन गरिएको सबै पोष्टहरु हटाउने जनाकारी दिए । कार्यक्रममा उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले प्रणालीबारे स्थानीय तहका व्यवसायीमा अन्यौल रहेको प्रक्रिया दिईन । उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले यो प्रणाली विकासको चरणमा एक पाइला अढि बढेको भन्दै स्वागत गरेका थिए।
प्रकाशित मिति: आइतबार, असार २९, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update