सरकारले ग्राहकसंग इन्टरनेट सेवामा लिने भनिएको १३ प्रतिशत शुल्क नेपाल टेलिकमले नलिने भएको छ।
साउन १ गतेबाट लागु हुने गरि सरकारले हरेक इन्टरनेट प्रयोगकर्ताबाट सेवा शुल्कबापत १३ प्रतिशत उठाउने निर्णय गरेको थियो। नेपाल टेलिकमले भने यो शुल्क ग्राहकबाट नलिने र पुरानै दरमा इन्टरनेट सेवा प्रदान गर्ने जानकारी दिएको छ।
नेपाल सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरिसकेको अवस्थामा पनि टेलिकमले ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखी कम्पनीद्वारा प्रदत्त इन्टरनेट सेवाको महसुल दरमा कुनै वृद्धि गरेको छैन।
सेवाग्राहीलाई अझ बढी सहुलियत दरमा सेवा उपलब्ध गराउन हालै कार्यान्वयनमा ल्याइएको समर अफरमा इन्टरनेट लगायतका सेवाहरुमा थप सहुलियत सहितका प्याकेजहरु प्रस्तुत गरी सेवालाई अझ कम खर्चिलो बनाइएको छ।
नेपाल टेलिकमले देशका सुगमदेखि दुर्गम हरेक स्थानमा सहुलियत दरमा गुणस्तरीय दूरसञ्चार सेवाहरु प्रदान गर्ने आफ्नो नीतिलाई निरन्तरता दिइरहेको छ।
प्रकाशित मिति: आइतबार, असार २९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय