एनसिसि बैंकले आफ्ना शेयरधनीलाई १५.८९ प्रतिशत शेयर लाभांश दिने भएको छ । उक्त लाभांशमा लाग्न्े कर प्रयोजनाका लागि ०.८३ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४÷७५ को लेखा परिक्षण प्रतिवेदनमा उल्लेख भएको नाफाबाट शेयरधनीलाई उक्त परिमाणमा लाभांश दिने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकको स्वीकृत तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि उक्त लाभांश वितरण हुने बैंकका कम्पनी सचिव कपिल ज्ञवालीले जानकारी दिए। रासस
प्रकाशित मिति: बिहीबार, असार १९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय